
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री K. P. Sharma Oli लाई पितृशोक परेको छ। उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
परिवार स्रोतका अनुसार केही समयदेखि स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररत रहेका उनको आज बिहान निधन भएको हो।
मोहनप्रसाद ओलीको निधनको खबर सार्वजनिक भएपछि एमाले नेता–कार्यकर्ता तथा विभिन्न राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्न थालेका छन्।
स्वर्गीय ओलीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राख्ने र अन्त्येष्टिको कार्यक्रमबारे परिवारले केही समयपछि जानकारी दिने जनाइएको छ।
मोहनप्रसाद ओलीको निधनले अध्यक्ष ओलीको परिवार तथा शुभेच्छुकहरूमा शोकको वातावरण छ।






























