
काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार एकैदिन ५ हजार ६०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र डलरको विनिमय दरको प्रभावका कारण स्वदेशी बजारमा पनि मूल्य समायोजन भएको महासंघले जनाएको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा देखिएको अस्थिरताले सुनको मूल्यमा तीव्र परिवर्तन देखिएको हो।
सुनको भाउमा आएको यो वृद्धिसँगै गहना खरिद गर्न चाहने उपभोक्तामा समेत असर परेको व्यवसायीहरूको भनाइ छ।



























