
२३ फाल्गुन पोखरा । प्रतिनिधिसभा निर्वाचनको मतगणनासँगै धेरै मतदाताले यसपटक नयाँ विकल्प रोजेको बताएका छन्। कांग्रेस र एमालेप्रति असन्तुष्टि जनाउँदै केही मतदाताले घण्टी चुनाव चिन्ह रोजेको प्रतिक्रिया दिएका छन्।
रामबहादुर थापा (४५), किसान भन्छन्, “पुराना दललाई धेरै पटक मौका दिइयो, तर अपेक्षित काम भएन। त्यसैले यसपटक घण्टीमा भोट हालें।”
माया गुरुङ (३२), गृहिणी का अनुसार, “परिवर्तनको आशामा नयाँ विकल्प रोजेको हुँ।”
सुरेश केसी (३८), व्यवसायी भन्छन्, “कांग्रेस–एमालेबाट दिक्क भएर विकल्प खोज्दा घण्टीमा भोट हालें।”
अनिता थापा (२७), विद्यार्थी ले भनिन्, “देशमा नयाँ सोच र युवाको नेतृत्व आउनुपर्छ भन्ने लागेर घण्टी रोजें।”
त्यस्तै टेकबहादुर घर्ती (५०), किसान भन्छन्, “अब पुराना दललाई सन्देश दिनुपर्ने समय आएको छ, त्यसैले फरक निर्णय गरें।”
सरिता केसी (१९), विद्यार्थी ले पनि परिवर्तनको आशा व्यक्त गर्दै भनिन्, “नयाँ पार्टीलाई पनि एकपटक अवसर दिनुपर्छ भन्ने लाग्यो।”
मतदाताहरूले यसपटकको मतलाई परिवर्तनको संकेत का रूपमा पनि लिएको प्रतिक्रिया दिएका छन्।


































