
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा ९ लाख ८९ लाख हजार खर्च गरेका छन् ।
चितवन– २ बाट उम्मेदवारी दिएका लामिछानेले चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
लामिछानेले मनोनयनमा १० हजार, नमुनापत्र सामग्री छपाइमा ६ लाख ८१ हजार १६१, यातायात तथा इन्धनमा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्चमा १४ हजार २००, वडास्तरीय प्रचारमा ४६ हजार, प्रचार सामग्री (झण्डालगायत)मा १ लाख १२ हजार खर्च भएको उल्लेख गरेका छन् ।
निर्वाचनमा भाग लिएका उम्मेदवारले आफ्नो चुनाव खर्चको विवरण सार्वजनिक तथा निर्वाचन आ योगमा बुझाउन अनिवार्य गरिएको छ ।
यसअघि रास्वपाकै वरिष्ठ नेता बालेन शाहले पनि निर्वाचन खर्च सार्वजनिक गरेका थिए । उनको निर्वाचन खर्च १४ लाख १७ हजार रहेको छ ।



































