
६ भदौ,काठमाडौं । भारतको बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर निर्माण गर्ने तयारी गरिएको समाचार सार्वजनिक भएको छ। मन्दिर निर्माणका लागि करिब ११२ करोड भारतीय रुपैयाँ खर्च हुने अनुमान गरिएको बताइएको छ।
समाचारअनुसार मन्दिरमा प्रधानमन्त्री मोदीको सुनको मूर्ति राख्ने तयारी गरिएको छ। मोदीले लैङ्गिक अल्पसंख्यक समुदायलाई मान्यता र सम्मान दिएको भन्दै उक्त समुदायका केही व्यक्तिहरूले सम्मानस्वरूप मन्दिर निर्माण गर्न लागेको जनाइएको छ।
मन्दिर निर्माणसम्बन्धी भिडियो तथा प्रधानमन्त्री मोदीको प्रशंसामा तयार पारिएको भजनसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको समाचारमा उल्लेख छ।
यद्यपि, मन्दिर निर्माणको औपचारिक प्रक्रिया, स्थान तथा परियोजनासम्बन्धी विस्तृत विवरणबारे थप आधिकारिक जानकारी सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ।































