आफ्नो काम, अध्ययन र भविष्य छोडेर नेताको अघिपछि चुनाव प्रचारमा हिँड्नेहरूले एकपटक यसरी सोच्नुहोस्:
१. तपाईंका नेताका छोराछोरी र परिवार कता छन्?
के उनीहरू पनि तपाईंझैँ दिनरात सडकमा छन्?
कि राम्रो विद्यालय र सुरक्षित भविष्यतर्फ लागिरहेका छन्?

२. भोलि नेताले जितेपछि निजी सचिव को बन्छ?
तपाईं कि उनकै आफ्नै मान्छे?
३. प्रचारमा तपाईंले गरेको खर्चको जोहो कहाँबाट भयो?
भोलि त्यो खर्च कसरी उठाइन्छ?
४. अवसर कसले पाउँछ?
सेलिब्रेटी, आफन्त कि तपाईंजस्ता इमानदार कार्यकर्ताले?
५. नेतृत्व गर्ने पालो आउँदा,
तपाईं अघि बढ्नुहुन्छ कि फेरि तिनै नेताका छोराछोरी?
राजनीतिक चेतना हुनु राम्रो हो, तर आफ्नो भविष्य बलिदान गरेर अन्धसमर्थन गर्नु बुद्धिमानी होइन।
👉 पहिले आफू सक्षम बनौँ, अनि मात्र समाज परिवर्तनको सपना देखौँ।


































