
सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा रहेको एक मतदान केन्द्रमा विवाद उत्पन्न भएको छ।
बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै दलका प्रतिनिधि तथा मतदाताबीच विवाद भएको थियो। विवादका कारण केही समय मतदान प्रक्रिया अवरुद्ध भएको बताइएको छ।
स्थानीय सुरक्षाकर्मी र निर्वाचन अधिकारीको पहलपछि स्थिति नियन्त्रणमा आएपछि अहिले पुनः मतदान प्रक्रिया सुचारु गरिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार केन्द्रमा थप सुरक्षा व्यवस्था कडा बनाइएको छ भने मतदातालाई शान्तिपूर्ण रूपमा मतदान गर्न आग्रह गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रहरूमा आज बिहानदेखि मतदान जारी रहेको छ।

































