नेकपा (एमाले)को सचिवालय बैठक आज बिहान बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो।
पार्टीका सचिव महेश बस्नेतका अनुसार बैठक बिहान साढे ८ बजेका लागि तय गरिएको छ। उनले बताएअनुसार बैठकले ओलीको पक्राउबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेछ।
आज बिहानै प्रहरीले अध्यक्ष ओलीलाई नियन्त्रणमा लिएको छ। पक्राउको कारणबारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी
६ भदौ,काठमाडौं । भारतको बिहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्दिर निर्माण गर्ने तयारी गरिएको समाचार सार्वजनिक भएको छ। मन्दिर निर्माणका...






























