
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट अग्रता कायम राखेको छ। बुधबार बिहान ६:३० बजेसम्म सार्वजनिक भएको मतपरिणामअनुसार रास्वपाले ५१ लाख ३५ हजार ६ सय २१ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७ सय ३७ मत पाएको छ भने तेस्रो स्थानमा नेकपा एमालेले १४ लाख ४८ हजार ३ सय १८ मत प्राप्त गरेको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ८ लाख ३ हजार ६ सय २७ मत प्राप्त गरेको छ। अन्य दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५ सय ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४ सय ५७ मत, जनता समाजवादी पार्टी, नेपालले १ लाख ७४ हजार ३ सय ६ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ४ सय ९७ मत पाएका छन्।
यस्तै जनमत पार्टीले ७८ हजार ९ सय ४९ मत प्राप्त गरेको छ भने चक्की चिन्ह लिएर चुनाव लडेका दलहरूले संयुक्त रूपमा ६१ हजार ५ सय ३३ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्नेछ।




































