

नेकपा (एमाले)का नेता तथा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पराजित उम्मेदवार विष्णु पौडेलले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन्।
पौडेलले कुल २८ लाख ७ हजार १ सय रुपैयाँ चुनावी खर्च भएको विवरण आयोगमा पेस गरेका हुन्। निर्वाचन आयोगको नियमअनुसार उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो खर्च विवरण बुझाउनुपर्ने व्यवस्था छ।
निर्वाचन आयोगले प्राप्त विवरणको अध्ययन तथा प्रमाणीकरण गर्ने प्रक्रिया अगाडि बढाउने जनाएको छ।




































