
नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ मा पनि पराजित भएका छन । यो हारसंगै श्रेष्ठले तराई-हिमाल-पहाड तीनै भूगोलबाट अस्वीकृत भएको ऐतिहासिक रेकर्ड बनाएका छन।
श्रेष्ठ सालको संविधानसभाको चुनावमा श्रेष्ठ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बने । २०६४ को संविधानसभा चुनावमा माओवादीले जितेको क्षेत्र भएकोले श्रेष्ठले सजिलो सम्झेर चुनावमा भाग लिए । तर, उनी पराजित भए ।
नेकपा (एमाले)का उम्मेदवार सुवाशचन्द्र शाह ठकुरीसँग उनी १ हजार २ सय २० को मतान्तरले पराजित भएका थिए । ठकुरीको मत ८ हजार १ सय २४ आउँदा श्रेष्ठको मत ६ हजार ९ सय ४ आएको थियो । पहाडी जिल्लाको चुनावी हारबाट श्रेष्ठले पहाड फेरि चुनावी मैदानमा रोजेनन् ।
उनी २०७४ मा आएको वाम गठबन्धनको चुनावी लहर समाएर गोरखा क्षेत्र नम्बर १ मा पुगे । गोरखामा उनले माओवादी छोडेर देब्रे आँखा चुनाव चिह्न लिएर उठेका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । भट्टराईले श्रेष्ठलाई सात हजार भन्दा धेरै मतान्तरले पराजित गरेका थिए । भट्टराईको मत ३२ हजार १ सय ७ आउँदा श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका थिए ।
तेस्रो चुनावी प्रतिस्पर्धामा नारायणकाजी तराईको सर्लाही क्षेत्र नम्बर ३ मा पुगे । तर, फेरि उनी पराजयको ह्याट्रिक गर्न सफल भए । ६६ वर्षका श्रेष्ठले १० हजार ८ सय २५ मत ल्याउँदा विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ५३ वर्षका नरेन्द्र कुमार साह कलवारले ३४ हजार १ सय ३५ मत ल्याए । योसँगै हिमालको गोरखा, पहाडको मकवानपुर र तराईको सर्लाहीबाट श्रेष्ठले हारको ह्याट्रिकको इतिहास रचेका छन् । #JanataTimes #NepalElection2082 #NarayankajiShrestha





































