
गोरखा क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङ अग्रस्थानमा रहेका छन्। पछिल्लो प्राप्त विवरणअनुसार गुरुङले ८,८१० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले ७,६६९ मत पाएका छन् भने नेकपा (माओवादी केन्द्र) का हरि अधिकारीले ३,६७६ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका आरसी लामिछानेले १,६७६ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेकाले परिणाममा थप परिवर्तन हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।






























