
रोल्पामा जारी मतगणनामा नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुन अग्रस्थानमा रहेका छन्। पछिल्लो मतपरिणाम अनुसार वर्षमान पुनले ९,८३५ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली काँग्रेसका सुदन कुमार वली ले ६,३८७ मत ल्याएर दोस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका बालाराम थापा ले ४,२४५ मत पाएका छन् भने नेकपा एमालेका गोकुल घर्ती ले ३,८९९ मत प्राप्त गरेका छन्।
रोल्पामा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


































