
रोल्पामा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म कुल १३५२ मत गणना भइसकेको छ, जसमा सदर मत १३१२ र बदर मत ४० रहेको छ।
प्रमुख उम्मेदवार र प्राप्त मतहरू:
सूर्य – गोकुलप्रसाद घर्ती (नेकपा एमाले) : ७६ मत
रुख – डा. सुदनकुमार वली (नेपाली कांग्रेस) : १५ मत
तारा – वर्षमान पुन (नेकपा) : ६५८ मत
घण्टी – बालराम थापा (रास्वपा) : १६ मत
हलो – अम्मरबहादुर थापा (राप्रपा) : ४ मत
गिलास – मेघनाथ विष्ट (जनमोर्चा) : २१ मत
भाले – कुमार घर्ती मगर (मंगोल नेशनल अर्गनाइजेसन) : २६ मत
माहुरी – मनबहादुर घर्ती (नेशनल रिपब्लिक नेपाल) : ० मत
गुलाफ – चुडामणि वली (नेकपा माओवादी) : ४८६ मत
मोबाइल – दिलबहादुर कामी (आम जनता पार्टी) : ० मत
हालसम्मको गणनाले तारा (वर्षमान पुन) र गुलाफ (चुडामणि वली) चिन्हका उम्मेदवारलाई अग्रस्थानमा राखेको छ। मतगणना अझै जारी छ र अन्तिम परिणाम केही समयमा सार्वजनिक हुने अनुमान गरिएको छ।


































