
गुल्मी क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना सुरु भएको छ। प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतपरिणामअनुसार सागर ढकालले ६२२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले ४४९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारीले ३३६ मत प्राप्त गरेका छन्।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार सुदर्शन बरालले १७१ मत प्राप्त गरेका छन्।
मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


































