
रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता कायम गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म १४ हजार ४५० मत गणना हुँदा प्रचण्डले ५ हजार ९२४ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले २ हजार ९१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले १ हजार ७०९ मत प्राप्त गरेकी छन्।
अन्य उम्मेदवारमध्ये लखनकुमार थापाले ५४३, सन्दिप पुनले १३२, रोषण शाहले ६५, ज्योति रोका मगरले ४८, धर्मकुमार बुढाले ४५, जुद्धबहादुर बुढा मगरले ३५, चन्द्रप्रसाद शाहीले २० र शिरबहादुर बुढाले २ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा जम्मा १९ हजार १८८ मत खसेकोमा हालसम्म १४ हजार ४५० मत गणना सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ।


































