
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उत्तम प्रसाद पौडेलले अग्रता कायम गरेका छन्।
हालसम्म ९ हजार ५०५ मत गणना हुँदा पौडेलले ५ हजार १७० मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रश्मि आचार्यले २ हजार १५३ मत ल्याएकी छन्। त्यस्तै नेपाली कांग्रेसका माधव प्रसाद बास्तोलाले १ हजार ७५ मत प्राप्त गरेका छन्।
कास्की–२ मा मतगणना जारी रहेको र आगामी चरणको परिणामसँगै मतान्तर थप स्पष्ट हुने अपेक्षा गरिएको छ।






























