
कालिकोट । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत कालिकोटमा जारी मतगणनामा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाही अग्रस्थानमा रहेका छन्।
हालसम्मको मतगणनाअनुसार शाहीले ३ हजार ७६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हर्षबहादुर बमले २ हजार ८०९ मत ल्याएका छन्।
यसैगरी नेकपा एमालेका नगीन्द्र शाहीले २ हजार ५६६ मत प्राप्त गरेका छन् भने नेकपा माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १ हजार ४६२ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश न्यौपानेले ५१२ मत प्राप्त गरेका छन्।
कालिकोटमा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको आगामी परिणामसँगै प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ।






























