
प्रतिनिधिसभा सदस्य निर्वाचनकाे पछिल्लो मतपरिणाम अनुसार रुपन्देही क्षेत्र नम्बर ४ मा नेकपा एमालेले अग्रता लिएको छ । निर्वाचन कार्यालयका अनुसार एमालेका उम्मेदवार प्रमोद यादवले २ हजार ६९८ मत पाएर अग्रता लिएका हुन् ।
नेपाली कांग्रेसका आशुतोष मिश्रले २ हजार २४७ मतसहित यादवलाई पछ्याइरहेका छन् । यस्तै रास्वपाका कन्हैया बनियाँले १८३०, जसपा नेपालका सर्वेन्द्रनाथ शुक्लाले ६६९ मत पाएका छन् ।






























