
@rm_admin
कालिकोट–
कालिकोट जिल्लामा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार महेन्द्र बहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका शाहीलाई नेकपा एमालेका उम्मेदवार नगेन्द्र शाही (नेश्नल) ले पछ्याइरहेका छन्। पछिल्लो विवरण अनुसार एमालेका नगेन्द्र शाहीले ५ सय ३७ मत प्राप्त गरेका छन्। महेन्द्र बहादुर शाहीले सो भन्दा बढी मतसहित अग्रता कायम राखेका छन्।
जिल्लामा मुख्यतया सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो। मतगणना जारी रहेकोले मतान्तर घटबढ हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


































