
पोखरा:
प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्रत्याशित र बलियो नतिजा ल्याउने संकेत देखाएको छ। प्राप्त पछिल्लो विवरण अनुसार, रास्वपाले हालसम्म देशका ३४ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
प्रारम्भिक मतपरिणाम अनुसार, संघीय राजधानी काठमाडौँ लगायत देशका विभिन्न प्रमुख सहर तथा क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूले आफ्ना प्रतिद्वन्द्वीहरू भन्दा अगाडि देखिएका छन्। घण्टी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएको यो नयाँ दलले पुराना र स्थापित दलहरूलाई कडा टक्कर दिँदै धेरै स्थानमा अग्रता लिइरहेको छ।
मतगणना कार्य अहिले पनि जारी रहेको र अन्य क्षेत्रहरूबाट पनि नतिजा आउने क्रम सुरु भएकाले यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। रास्वपाको यो प्रारम्भिक अग्रतालाई धेरैले चासोका साथ हेरेका छन्।
(थप विवरणहरू आउने क्रम जारी छ…)






























