
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले अग्रता कायम राखेका छन्।
मुख्य निर्वाचन अधिकृत केदारनाथ पौडेलका अनुसार सुरुआतदेखि अग्रता लिएका घिमिरेले हालसम्म ७५५ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका छन्। उनले हालसम्म ५३१ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङले २९५ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत प्राप्त गरेकी छन्।
अहिले इच्छाकामना गाउँपालिकाको वडा नम्बर १, २ र ३ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन्।


































