
रूपा – रूपा गाउँपालिकामा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। प्राप्त प्रारम्भिक विवरण अनुसार गाउँपालिकामा कुल ५६.१५ प्रतिशत मत खसेको छ।
सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, रूपा गाउँपालिकामा रहेका कुल १५,६०१ मतदाता मध्ये ८,७६० जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
वडागत रूपमा खसेको मत विवरण यस प्रकार छ:
- वडा नं १: १,१०३ मत (कुल मतदाता: १,९५७)
- वडा नं २: ७५२ मत (कुल मतदाता: १,३१८)
- वडा नं ३: ८६२ मत (कुल मतदाता: १,४२१)
- वडा नं ४: ८७० मत (कुल मतदाता: १,६७६)
- वडा नं ५: १,५६२ मत (कुल मतदाता: २,६७९)
- वडा नं ६: १,८२३ मत (कुल मतदाता: ३,४०८)
- वडा नं ७ (रामकोट): ९६६ मत (कुल मतदाता: १,७३१)
- वडा नं ७ (रूपा): ८२२ मत (कुल मतदाता: १,४११)
तथ्याङ्क अनुसार वडा नं ६ मा सबैभन्दा धेरै मतदाता र खसेको मत संख्या रहेको छ। निर्वाचन सम्बन्धी थप आधिकारिक जानकारी निर्वाचन अधिकृतको कार्यालयबाट आउन बाँकी छ।


































