
पोखरा । कास्कीमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो ३:५० बजेसम्म ५३.९८ प्रतिशत मतदान भएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सो समयसम्म १ लाख ७१ हजार १४४ मत खसेको छ।
जसमध्ये
महिला: ८९,१२७
पुरुष: ८२,०१६
अन्य: १ जना रहेका छन्।
जिल्लाका सबै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।


































