
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सवार हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किरहेको छ।
हेली एभरेस्ट कम्पनीको उक्त हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि अहिले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फर्किएको हो।
विमानस्थलका प्रवक्ता सन्तुष्ट कुमार बस्नेतका अनुसार हेलिकप्टर केहीबेरमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा छ।
“केही बेरमा फेरी यहीँ ल्यान्ड हुँदैछ। उता किन ल्यान्ड भएन भन्ने अहिले भन्न सकिएको छैन, तर अहिले फर्किरहेको छ,” उनले एक अनलाइनसँग भने।
हेलिकप्टर किन झापामा अवतरण हुन सकेन भन्ने विषयमा भने हालसम्म स्पष्ट कारण खुल्न सकेको छैन।


































