
सर्लाही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा सर्लाही–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ यसपटक मतदान गर्न गोरखा नपुगेका छन्।
श्रेष्ठ गोरखा–२ का मतदाता हुन्। उनको मतदाता नामावली सिरानचोक गाउँपालिका–स्थित जौबारीमा रहेको छ। तर उनले यसपटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी भने सर्लाही–३ बाट दिएका छन्।
मतदान गर्न सर्लाहीबाट गोरखा जानुपर्ने भए पनि दूरी धेरै भएकाले उनी जान नसकेको उनका स्वकीय सचिव उपदेश यादवले जानकारी दिए।
यादवका अनुसार सर्लाहीबाट गोरखा पुग्न करिब ७–८ घण्टा लाग्ने भएकाले श्रेष्ठ मतदानका लागि जान नसकेका हुन्।
श्रेष्ठले मतदान गर्ने गोरखा–२ क्षेत्रमा नेकपाका लेखनाथ न्यौपाने उम्मेदवार रहेका छन्।


































