
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँको बौद्धस्थित महाँकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत उनले आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन्। मतदानपछि उनले नागरिकले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताएका छन्।


































