
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौंको सिनामंगलस्थित एक मतदान केन्द्रबाट मतदान गरेका छन्।
शाहले सिनामंगलमा रहेको अन्नपूर्ण इंग्लिस स्कुलमा स्थापना गरिएको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर बिहानदेखि मतदान जारी छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले पनि आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरिरहेका छन्।


































