
रौतहट । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहटको गौर नगरपालिकास्थित एक मतदान केन्द्रबाट मतदान गरेका छन्।
नेपालले गौर नगरपालिका– अन्तर्गत रहेको रामजानकी कन्या आधारभूत विद्यालयमा स्थापना गरिएको मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले मतदातालाई निर्धक्क भएर मतदान गर्न पनि आग्रह गरेका छन्।
देशभर आज बिहानदेखि प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान जारी रहेको छ।


































