
केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा आसन्न चुनावको सुरक्षा रणनीतिको कार्यान्वयन र निर्वाचनको तयारी लगायतबारे छलफल हुने बताइएको छ ।
छलफलमा केन्द्रीय सुरक्षा निकायका पदाधिकारी, ७ वटै प्रदेशका प्रमुख सचिवसहितको ४ वटै सुरक्षा निकायका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू सहभागी छन् ।






























