
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेटवार्ता गर्नुभएको छ। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल भएको जनाइएको छ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले राष्ट्रपतिलाई वर्तमान राजनीतिक परिस्थितिसहित बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो।
भेटवार्ता निर्वाचनको पूर्वसन्ध्यामा भएको हो। बिहीबार देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न हुँदैछ। निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकारले आवश्यक सुरक्षा तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ।





























