
काठमाडौँ, फाल्गुन १२ — नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार भने यही सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम रहेको थियो।
यता चाँदीको मूल्यमा भने सामान्य गिरावट देखिएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेर ५ हजार ५ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५ सय ९५ रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य दैनिक परिवर्तन हुने गरेको व्यवसायीहरू बताउँछन्।































