
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंमा औपचारिक रूपमा चुनावी प्रचार अभियान सुरु गरेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह ले शनिबार जोरपाटी र गोकर्णेश्वर क्षेत्रबाट संयुक्त रूपमा अभियान थालनी गरेका हुन्।








तस्बिरहरूः श्रीराम गौली
अभियानको सुरुवातसँगै दुवै नेताले घरदैलो कार्यक्रम, कोणसभा र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्। स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाले सुशासन, पारदर्शिता र विकासका एजेन्डालाई प्राथमिकतामा राख्ने जनाएको छ।
जोरपाटी र गोकर्णेश्वर क्षेत्रमा आयोजित कार्यक्रममा कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। पार्टीका अनुसार आगामी दिनमा काठमाडौंका विभिन्न वडामा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिनेछ।


































