
Pushpa Kamal Dahal नेतृत्वको Nepal Communist Party (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नो निर्वाचन क्षेत्र पूर्वी रुकुम २१ फागुनअघि नजाने भएका छन्। उनी मतगणनाको क्रममा मात्र रुकुम पुग्ने तयारीमा रहेका छन्।
प्रचण्डनिकट स्रोतका अनुसार निर्वाचित भएपछि प्रमाणपत्र ग्रहण गर्न मात्रै उनी रुकुम जाने कार्यक्रम रहेको छ। “अब संयोजक प्रचण्ड प्रमाणपत्र लिन मात्रै जानुहुन्छ। त्यसअघि केही जिल्लामा आयोजना हुने चुनावी सभामा सहभागी हुने कार्यतालिका छ,” स्रोतले जनाएको छ।
यसैक्रममा प्रचण्ड भोलि रोल्पा जाने कार्यक्रम छ। रोल्पामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेपछि उनी अन्य केही जिल्लामा पनि चुनावी कार्यक्रममा सहभागी हुने माओवादी स्रोतले उल्लेख गरेको छ।
निर्वाचन अभियानको अन्तिम चरणमा प्रचण्डले विभिन्न जिल्लामा सभालाई तीव्रता दिएका छन् भने आफ्नो निर्वाचन क्षेत्र भने मतगणनासम्म नजाने रणनीति अपनाएका छन्।


































