जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ ।

फाल्गुन ११, २०८२
काठराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ ।धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो ।
जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा १७ जनाको मृत्यु भएको छ । अन्य २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिए । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।
नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ । घटना राति भएकोले उद्धार कार्यमा कठिनाइ भइरहेकाे छ । घटनाको विस्तृत विवरण पनि आइसकेको छैन ।
प्रहरीको अनुसार मृत्यु हुनेमा ४ महिला र १३ पुरुष छन् ।


































