• Latest
  • Trending
  • All
  • समाचार
  • अर्थतन्त्र
  • राजनिति
  • ताजा अपडेट
  • समाज र जिवन

मुक्तिनाथ दर्शन

२०८२ फाल्गुन १०, आईतवार १२:२३

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ फाल्गुन १०, आईतवार १२:२३
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ फाल्गुन १०, आईतवार १२:२३
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ फाल्गुन १०, आईतवार १२:२३
बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

२०८२ फाल्गुन १०, आईतवार १२:२३
विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

२०८२ फाल्गुन १०, आईतवार १२:२३
आजको विनिमय दर।

आजको विनिमय दर।

२०८२ फाल्गुन १०, आईतवार १२:२३

बागलुङमा एचआईभी संक्रमितको संख्या २२०

२०८२ फाल्गुन १०, आईतवार १२:२३

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था अस्थिर, तत्काल भारत नलगिने

२०८२ फाल्गुन १०, आईतवार १२:२३
लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

लिग– २ मा आज : नेपाल भर्सेस अमेरिका

२०८२ फाल्गुन १०, आईतवार १२:२३
सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

नेपालमा भूमि व्यवस्था र भूमिसुधार: इतिहासदेखि वर्तमानसम्म

२०८२ फाल्गुन १०, आईतवार १२:२३
स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

स्मृति तिमल्सिना पक्राउ प्रकरण: अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न

२०८२ फाल्गुन १०, आईतवार १२:२३
एमाले नेता महेश बस्नेत फरार

एमाले नेता महेश बस्नेत फरार

२०८२ फाल्गुन १०, आईतवार १२:२३
  • tools
  • गृहपृ्ष्ठ
  • समाचार
Thursday, September 17, 2026
  • Login
  • Register
रुपान्तरण मञ्च
  • गृहपृष्ठ
  • समाचार
    • All
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद
    • राष्ट्रिय समाचार
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    एमालेले संगठन विस्तार गरे पनि नयाँ यथार्थ बुझ्न नसकेको विश्लेषण

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    दुर्घटनाग्रस्त हेलिकप्टर त्रिपालले ढाकेर राखियो

    खनाल  पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    खनाल पत्नी रविलक्ष्मीलाई ‘जिउँदै जलाएको’ आरोपमा मुद्दा दर्ता

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    रवि लामिछानेको चुनावमा ९ लाख ८९ लाख हजार खर्च

    रास्वपाले समानुपातिकमा ५० लाख मत कटायो

    एकल दुईतिहाइ मत ल्याउने रेकर्ड बनाउनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुक्यो

    डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीको सुरुवाती अग्रता

    समानुपातिकमा रास्वपालाई ४८ प्रतिशत मत, कुन-कुनले पाए राष्ट्रिय दलको मान्यता?

    Trending Tags

  • समाज र जीवन
    • All
    • अर्थतन्त्र
    • धर्म/सँस्कृती
    • पर्यटन
    • शिक्षा
    • समाज
    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    विदेशी मुद्रा सञ्चिति ३३.२ खर्ब नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

    अझै कति बढ्ला ग्यासको मूल्य??

    आजको राशिफल (वि.सं. २०८२ फागुन १९ गते)

    नेपाली बजारमा सुनको भाउ एकैदिन ५,६०० रुपैयाँले बढ्यो

    नेपाल राष्ट्र बैंकले तोक्यो आजको विदेशी मुद्रा विनिमयदर

    आजको राशिफल (वि.सं. २०८२ फागुन १७)

    सामान्यज्ञान: बिज्ञान प्रविधि र स्वास्थ्य

    सामान्यज्ञान

    Trending Tags

  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट
    • All
    • ब्रेकिङ न्युज
    • विशेष रिपोर्ट
    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

    विष्णु पौडेलले बुझाए चुनावी खर्च विवरण

    गुण्डु बैठकमा ओली–बादल र विष्णु पौडेलबीच चर्काचर्की

    एमाले नेता महेश बस्नेत फरार

    एमाले नेता महेश बस्नेत फरार

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री दिपक खड्का पक्राउ

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सबै दलको सम्मान गर्दै ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने तयारी

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    सहकारीका साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु हुने

    बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै

    १०० दिनभित्र सरकारी कुरियर सेवा’ : अत्यावश्यक कागजात अब घरमै

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्न हर्कको माग

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    आज कामदा एकादशी : व्रत बसेमा मनोकामना पूरा हुने विश्वास

    Trending Tags

No Result
View All Result
रुपान्तरण मञ्च
No Result
View All Result
Home न्युज

मुक्तिनाथ दर्शन

by रुपान्तरण मञ्च संवाददाता
२०८२ फाल्गुन १०, आईतवार १२:२३
in न्युज
Reading Time: 3 mins read
A A
0
498
SHARES
Share on FacebookShare on TwitterShare on Whatsapp
रुपान्तरण मञ्च

 शिवजी तिवारी                                                                           

प्राकृतिक विविधताको उत्कृष्ट नमूना हाम्रो देश नेपाल विश्वका केही मुलुकहरूमध्ये एक हो। अनुपम सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण यो देवभूमिमा मेरो मन सधैंँ विचरण गरिरहन्छ। घुमन्ते मन कहिल्यै एक ठाउँमा अडेर बस्न सक्दैन—आशाका झिल्काहरू पछ्याउँदै अनन्त सुखको खोजीमा हिँड्ने एक यात्रु हुँ म।

महेन्द्र राजमार्ग र पुष्पलाल लोकमार्गहरू पछ्याउँदै सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मको यात्रा गरिसकेको मेरा लागि नयाँ ठाउँमा घुम्ने योजना तारान्तार आइरहेका हुन्छन्। नेपाल, जन्मभूमिभन्दा पृथक रहेर पनि, यसको प्रकृति, सुन्दरता र ऐतिहासिकताले जो–कोहीलाई मन्त्रमुग्ध पार्छ। उत्तरतर्फ चाँदीजस्तै टल्किएका हिमालका चुचुराहरू, तिनको काखमा छचल्किएका तालतलैयाहरू—यी सबैले मन छोइहाल्छन्। प्रकृतिको यो अनुपम उपहारसँग जोडिएको इतिहास र त्यससँग सम्बन्धित संस्कृतिले सधैंँ लोभ्याउँछ।

हरेक ठाउँका आफ्नै विशेषता, ऐतिहासिकता र प्रेरणाका स्रोत हुन्छन्। नयाँ ठाउँको यात्राले पुराना सीमाना तोड्दै नयाँ सम्भावनाका ढोका खोल्ने अवसर दिन्छ। दशैंँ–तिहारको बिदालाई अर्थपूर्ण बनाउन र शैक्षिक गतिविधिमा नयाँपन विकास गर्न पोखरा महानगरपालिका–१०, रामबजारस्थित कालिका माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू हरेक वर्ष अवलोकन भ्रमण आयोजना गर्दै आएका छौं। यही उत्साहलाई निरन्तरता दिँदै, यस वर्ष रहस्य र साहसिक कथाले भरिपूर्ण मुस्ताङ जिल्लाको भ्रमण गर्यौं।

पहिलो दिन — स्याङ्बोचेमा बास

भाद्र महिनाको जेन्जी आन्दोलनका कारण देश अस्तव्यस्त थियो। असोजको सुरुवातसँगै बाढी, पहिरो र सडक दुर्घटनाले सयौंको ज्यान लिँदै हजारौं मानिसलाई प्रभावित बनाइसकेको थियो। यस्तो जोखिमपूर्ण अवस्थामासमेत हामीले यात्रा सुरु ग¥यौं—किनभने हाम्रो विश्वास थियो, यात्रा भनेकै साहसी र आँटिला मानिसहरूको परीक्षा हो।

२९ असोजको बिहान विद्यालयका ३३ जना शिक्षक र कर्मचारीले यात्रा सुरु गर्दा चिसो हावा बगिरहेको थियो। आकाश नीलो र सुनौलो रङले रङ्गिएको थियो। यो नयाँ अनुभव र सम्झनाको अध्याय लेख्ने शुभसंकेतजस्तै लाग्थ्यो।

हिमाली यात्रा भएकाले साथीहरूबीच लेक लाग्ने डर र आफ्ना अनुभव साट्ने क्रम चलिरहेको थियो। कसैले हास्यरसका कुरा गर्थे, कसैले रमाइला घटना सुनाउँथे। “मुटु छुने लुम्लेको हावाले…” गीतमा सबैले स्वर मिलाउँदै लुम्ले पुग्यौं र त्यहाँको तातो चियाले बिहानको चिसो भगायौं।

लुम्लेपछि हाम्रो यात्रा पर्वतको कुश्मा हुँदै म्याग्दीको बेनी बजार पार गरेर गलेश्वर धामतर्फ अघि बढ्यो। गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा चिनिन्छ। धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण यो स्थल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्छ।

केही समय पूजा–आजा र तस्बिर खिचेपछि यात्रा दानातर्फ बढ्यौं। त्यहाँ बिहानको खाना खाएर रूप्से झरनातर्फ प्रस्थान ग¥यौं। समुद्र सतहदेखि १८०० मिटर उचाइमा रहेको रूप्से झरनाको गर्जनले यात्राको थकान पलभरमै हरायो। सेतो पानीको फुहार, हरियाली र चिसो हावाले स्वागत गरेजस्तो लाग्यो।

रूप्से झरनाको सौन्दर्य शब्दमा बयान गर्न कठिन छ—त्यो महसुस गर्नुपर्ने स्थल हो। त्यही सुन्दरता मन र क्यामेरामा कैद गर्दै हामी मुस्ताङतर्फ अघि बढ्यौं। लेते, मार्फा, जोमसोम, कागबेनी हुँदै २१३ किलोमिटरको यात्रापछि स्याङ्बोचे पुग्यौं।

९०० मिटरबाट सुरु भएको हाम्रो यात्रा ३८०० मिटरमा पुगेर थामियो। उचाइका कारण केही साथीहरूमा रिंगटा, टाउको दुख्ने, खाना खान मन नलाग्ने जस्ता समस्या देखिए। औषधि र सहयोगले सबै सहज भए।

सायङ्गबोचेमा हाम्रो यात्राको अर्को रमाइलो पाटो पनि जोडियो—सहायक प्रधानाध्यापक वासुदेव अधिकारी सरको जन्मोत्सव। स्थानीय स्याउ र तिब्बती परिकारसँग जन्मोत्सवको उल्लास झन् बढ्यो। गीत–संगीत, हाँसो–ठट्टा र आत्मीयताले त्यो रात अविस्मरणीय बनायो।

दोस्रो दिन — लोमान्थाङको बास

स्थानीय चाउमिनबाट बनेको स्वादिष्ट थुक्पा खाएर हामी नेपाल–चीन नाका कोरोलातर्फ अघि बढ्यौं। समुद्र सतहदेखि ४६५० मिटरमा रहेको कोरोला नाका नेपाल–चीन सीमाको २४ नम्बर सीमास्तम्भमा अवस्थित फराकिलो पठार हो।

चीनतर्फ पक्की संरचना बनेका भए पनि नेपालतर्फ अस्थायी बास मात्र रहेछ। स्थानीयहरूले व्यापारका लागि पाल टाँगेर पसल चलाइरहेका थिए। तिब्बततर्फ ३० किलोमिटरसम्म जान पाउने अनुमति रहेछ।

कोरोलाबाट फर्किंदा छोसेर गाउँस्थित जोङ गुफा अवलोकन गर्यौं। ३७८५ मिटर उचाइमा रहेको यो नेपालको सबैभन्दा पुरानो मानवनिर्मित गुफामध्ये एक रहेछ—१५५ फिट अग्लो चट्टानमा खोपिएको, ५० कोठा भएको बहुतला गुफा, जसले प्राचीन सभ्यताको झल्को दिन्थ्यो।

लोमान्थाङ पुगेर साँग्रीला गेस्टहाउसमा बास बस्यौं। त्यहाँको तातो चियाले जाडो भगायो। होटल सञ्चालकको रमाइलो प्रस्तावले माहोल झन् हँस्योलो भयो।

त्यसपछि लोमान्थाङ दरबार क्षेत्रको भ्रमणका लागि निस्कियौं। ढुङ्गा र माटोका पर्खालले घेरिएको बस्ती, बीचमा दरबार—६ सय वर्ष पुरानो इतिहास बोल्ने सम्पदा। तत्कालीन राजा आमेपालले नौ मिटर अग्लो पर्खाल बनाएका थिए भन्ने कुरा स्थानीयले सुनाए। अहिले पनि २१ परिवार त्यहाँ बसोबास गरिरहेका छन्।

गणतन्त्रपछि पर्खालबाहिर बस्ती विस्तार भए पनि दरबारको रौनक घटेको महसुस भयो। स्थानीयहरू अझै अन्तिम राजा जिग्मी पलवर बिष्टको श्रद्धापूर्वक नाम लिन्छन्।

राति सबैले नाचगान गर्दै रमाइलो समय बितायौं। कसैले स्थानीय च्याङ्राको मासु खाए, कसैले आलु तरकारी र दालभात। थकानमाथि सन्तोषको निद्रा लाग्यो।

तेस्रो दिन — मुक्तिनाथ र रानिपौवामा बास

लोमान्थाङबाट छुसाङ हुँदै ढुम्बा तालसम्म पुग्यौं। आफ्नै हातले स्याउ टिपेर खाने अनुभव अद्वितीय थियो। ढुम्बा तालको निलो रङ र मुटु आकारले मन लोभ्यायो। फोटो, भिडियो र रमाइलो क्षणहरू सँगाल्दै रानिपौवा पुगेर आराम गर्यौं।

चौथो दिन — मुक्तिनाथ दर्शन र फर्कने यात्रा

समुद्र सतहदेखि ३६१० मिटर उचाइमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दु र बौद्ध दुवै धर्मावलम्बीको साझा तीर्थस्थल हो। १०८ धारामा स्नान र पूजा गरेपछि मुक्ति प्राप्त हुने विश्वास छ।

भजन–कीर्तन गर्दै हामी पोखरा फर्कियौं। यो यात्रा केवल भौगोलिक गन्तव्य होइन—आत्मिक शान्ति र अनुभव संकलनको पनि यात्रा थियो। प्रकृतिको साक्षात्कार, धार्मिक आस्था र साथीसँगको आत्मीय सम्बन्धले यो मुस्ताङ भ्रमण हाम्रो जीवनकै अविस्मरणीय अध्याय बन्यो।

Share199Tweet125Send
रुपान्तरण मञ्च संवाददाता

रुपान्तरण मञ्च संवाददाता

Related Posts

न्युज

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ फाल्गुन १०, आईतवार १२:२३

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आफू सहभागी कार्यक्रममा भएको घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भएको छोटो भिडियोले...

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की
न्युज

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ फाल्गुन १०, आईतवार १२:२३

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पुराना आपराधिक घटनामा संलग्न व्यक्तिले कानुनी उन्मुक्ति नपाउने बताएका छन्। प्रहरी संगठनले विगतका आपराधिक...

बालेन चढेको हेलिकप्टर झापामा अवतरण नगरी काठमाडौं फर्किँदै
ताजा अपडेट

प्रधानमन्त्री शाह मुस्ताङमा, अमिताभ बच्चन बसेको होटल ओम्समा बस्ने

२०८२ फाल्गुन १०, आईतवार १२:२३

६ भाद्र, पोखरा । मुस्ताङ भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह जोमसोम बजारस्थित करिब पाँच दशक पुरानो होटल ओम्समा बस्ने बताइएको...

आजको विनिमय दर।
न्युज

आजको विनिमय दर।

२०८२ फाल्गुन १०, आईतवार १२:२३

Load More
  • Trending
  • Comments
  • Latest

झापा–५ मा ओलीभन्दा बालेन चार गुणा मतले अगाडि

२०८२ फाल्गुन १०, आईतवार १२:२३

कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना, चालक दल सुरक्षित

२०८२ फाल्गुन १०, आईतवार १२:२३

इरानको नौसेना र वायुसेना नष्ट गरेको ट्रम्पको दाबी

२०८२ फाल्गुन १०, आईतवार १२:२३

२५औं आहारारा पोखरा गोल्डकप: सहारा क्लब च्याम्पियन

0

एकपटक यसरी सोच्नुहोस्:

0

आजको दैनिक राशिफल

0

मन्त्री पोखरेलको स्पष्टीकरण : ‘भाइरल भिडियोले घटनाको सन्दर्भ बंग्यायो’

२०८२ फाल्गुन १०, आईतवार १२:२३
पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

पुराना आपराधिक घटनामा संलग्नले कानुनी उन्मुक्ति नपाउने : आईजीपी कार्की

२०८२ फाल्गुन १०, आईतवार १२:२३
बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

बिहारमा प्रधानमन्त्री मोदीको मन्दिर बनाउने तयारी

२०८२ फाल्गुन १०, आईतवार १२:२३

राशिफल

© Nepali horoscope

दररेट

© Forex Nepal
Facebook Twitter Pinterest VK RSS

Categories

  • अन्तर्राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • कला
  • खेलकुद
  • ताजा अपडेट
  • धर्म/सँस्कृती
  • न्युज
  • पर्यटन
  • ब्रेकिङ न्युज
  • ब्लग
  • राजनिति
  • राष्ट्रिय समाचार
  • विशेष रिपोर्ट
  • शिक्षा
  • समाचार
  • समाज
  • समाज र जिवन

Copyright © 2026 Slash Tech.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज र जीवन
  • विविध
    • सम्पादकीय
    • प्रविधी
    • ब्लग
    • टुल्स
    • फरेक्स
    • राशिफल
  • ताजा अपडेट

Copyright © 2026 Slash Tech.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In